दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । वर्तमान समयमा सेलिब्रिटी बन्दै हिंडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

 काठमाडौं जिल्ला अदालत आज प्रसाईंसहित तीन जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतले साइबर ब्यूरोलाई प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ।

साइबर ब्युरोका अनुसार अदालतले  प्रसाईंसहित बागलुङ बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। 

उनीहरुलाई साइबर क्राइम ऐन अनुसार कारबाही गर्न अदालत पक्राउ गर्न आदेश दिएको हो।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्