सरकारले अबको १० वर्षपछि वृद्ध भत्ता दिन नसक्ने स्वास्थ्यमन्त्रीको दाबी

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले भत्ता दिन नसक्ने जनाएका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ । उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ ।

तर, निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन् । अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन ।’

उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा जोड दिनु पर्ने बताए । खाद्य स्वास्थ्यको मुख्य विषय यसबारे ध्यान दिन पनि उनले आग्रह गरे । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्