गतिलो एउटा खेल भएन..

शनिबार, असार २३, २०८०
डि.वी. दङ्गाली
 
कोई कोईसँग मेल भएन
तालमेल भो, बेमेल चाँहि भएन।
 
तोरिको तेलसँग,कैदिको जेलसँग, न नेताको नीतिसँग
यहाँ कोईको केईसँग मेल भएन।
 
खेलाडीहरु त जम्मै भए
तर गतिलो एउटा खेल भएन।
 
जहाँ परिक्षाको के अर्थ, जहाँ परिक्षाको के अर्थ भैगो
जब एउटा कोई फेल भएन।।
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्