बैकुण्ठधाम सिधनियाघाट परियोजनामा डा.बद्रीले गरे साढे ५ लाख रुपैयाँ दान

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. बद्री चापागाईंले बैकुण्ठधाम सिधनियाघाट परियोजनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन्।

डा.चापागाईंले आफ्ना हजुरबुवा स्वर्गीय हितलाल चपाईंको स्मृतिमा बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि दान गरेका हुन् । डा. चापागाईं यो अभियानका एक जना महत्वपूर्ण सदस्य हुन् । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ राप्ती नदीस्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माण गरिँदैछ ।

त्यसका लागि यही कार्तिक २२ गतेदेखि ३० गतेसम्म बैकुण्ठधाम आध्यात्मिक महोत्सब समेत आयोजना हुँदैछ । बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, प्रतिक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना छ ।

निर्माण समितिले यसपालीको सोह्रश्राद्धमा पितृलाई सम्झँदै बैकुण्ठधाम निर्माणमा सहयोग गर्न अपिल समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्