बर्दियाको बारबर्दिया एक महिलाको हत्या,४० वर्षीय पुरुष पक्राउ

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

बर्दिया । बर्दियामा एक जना महिलाको हत्या भएको छ। जिल्ला प्रहरी बर्दियाका अनुसार बारबर्दिया नगरपालिका- ५ तर्कापुरमा ३९ वर्षीया मीना थारुको हत्या भएको हो। 

गएराति सवा १२ बजे मीनाको बारबर्दिया नगरपालिका-११ बस्ने  ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले हत्या गरेको प्रहरीले जनाएको छ । शिवले मीनाको घरमै गएर मीनाको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।

बर्दिया प्रहरीका अनुसार गम्भीर घाइते भएकी मीनालाई उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।

हत्या गरेर फरार भएका शिवलाई बर्दिया प्रहरीले बारबर्दिया नगरपालिका- ५  सिटीबरेली क्षेत्रबाट पक्राउ गरेर आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्