बाँके कांग्रेसको ४ महिने सुदृढीकरण अभियानः ८१ वडामै खटाइए प्रतिनिधि (नामसहित)

मंगलबार, असोज १, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान' थालेको छ । भदौ २४ गतेदेखि पुस मसान्तसम्म चल्ने गरी चार महिने अभियान थालिएको हो । 'जेष्ठ नागरिक, महिला र युवाको योगदान' पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियानू नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएका छन् । 

अभियानको आज एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको पार्टी सभापति नारायण प्रसाद गौडेलले बताए । स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने, भ्रातृ, शुभेच्छुक संगठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको छ । यो अभियानको प्रस्ताव कांग्रेस बाँकेले दोस्रो जिल्ला सम्मेलनबाटै पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताए ।

अभियान शुुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीको संगठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गरे ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भए मात्र प्रतिष्पर्धी दलहरुसंग प्रतिष्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाव, बैमनश्य र तिक्तता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गरे । पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको बताए । नेपाली कांग्रेस बाँकेकी निर्वतमान सभापति किरण कोइरालाले चार महिने अभियानले पार्टीलाई पुनर्जागृत गर्ने विश्वास ब्यक्त गरिन्। 

वडामा खटिएका प्रतिनिधिहरुले वडा कार्यसमितिको बैठक बोलाउने, विधान अनुसार वडा कार्यसमितिको काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउने, विधान अनुसार सम्मेलन भए नभएको, क्रियाशील सदस्यता नवीकरणको अवस्था, कार्ड वितरण, संगठनमा देखिएका समस्या, सुधार्नुपर्ने पक्ष लगायतका विषयमा जानकारी लिनेछन् । पार्टी सभापति गौडेलले वडामा खटिएका जिल्ला प्रतिनिधिसंग समन्वय गर्ने गरी क्षेत्रीय कार्यसमितिलाई जिम्मेवारीपत्र समेत हस्तान्तरण गरेका छन् ।

सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताए । जिल्ला सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

नामावली -

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्