कैलाली कारागारका एक कैदीको मृत्यु

मंगलबार, असोज १, २०८१
Neuro hospital Nepalgunj

कैलाली । जेल सजया काटिरहेका कैलाली कारागारमा एक जना कैदीको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हाडनाता करणी मुद्दामा जेल चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको  मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो साढे ३ बजे कैदी बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्