सप्तरीमा एक युवक मृत फेला पर्दा अर्का गम्भीर अवस्थामा भेटिए

शुक्रबार, साउन १२, २०८०
Neuro hospital Nepalgunj

सप्तरी । सप्तरीमा एक युवक मृत फेला परेका छन् भने एक जना गम्भीर घाइते अवस्थामा फेला परेका छन् । सप्तरी तिलाठी कोइलाडी गाउँपालिका- ७ मंसापुरमा 

हनुमाननगर कंकालिनी नगरपालिका-१० इनर्वाका  २२ वर्षीय तीर्थनारायण मण्डलको आज बिहान शव भेटिएको हो । 

यस्तै हनुमानगर कंकालिनी-१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्  । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । 

प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्