विश्वकप लिग २: आज त्रिकोणात्मक श्रीलंकामा नेपालले क्यानडाविरुद्ध खेल्दै

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमान र क्यानाडासँग त्रिकोणात्मक श्रृंखला अन्तर्गत आज पहिलो खेल खेल्दैछ ।

नेपालले आज आयोजक क्यानाडाविरुद्ध श्रृंखलाको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानले यस श्रृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानाडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाल ट्राभलिङ रिजर्भमा रहेका छन् ।

नेपालले लिग–२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्