आज मोहम्मद डे

सोमबार, भदौ ३१, २०८१

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद डे) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । रासस।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्