नेपालगञ्ज, नरैनापुर र जानकीमा मोहम्मद डेमा सार्वजनिक बिदा

आइतबार, भदौ ३०, २०८१

बाँके । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले मोहम्मद डेका अवसरमा भोलि सार्वजनिक विदा दिएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाले आज एक सूचना जारी गरेर मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहम्मद डेको अवसरमा नगर कार्यपालिकाको कार्यालय, नगर अन्तर्गत २३ वटै वडा कार्यालय र सबै शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको जनाएको छ । कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सबै बन्द रहने उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास रहेको नेपालगञ्जमा मोहम्मद डेको रौनक सुरु भइसकेको छ ।

नरैनापुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले पनि एक सूचना जारी गरेर सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् । नरैनापुरमा भोलि गाउँपालिका, वडा कार्यालय र सम्पुर्ण शिक्षण संस्था बन्द रहने बस्नेतले जानकारी दिएका छन् 

यस्तै जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले पनि मोहम्मद डेमा सार्वजनिक विदा दिएका छन् । जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले सूचना जारी गर्दै गाउँपालिका कार्यालय, वडा र शिक्षण संस्थामा विदा दिएको जनाएका छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्