प्रधानमन्त्रीले भने- साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा पहल हुन्छ

आइतबार, भदौ ३०, २०८१

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्नका लागि पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यो विषयमा सम्बन्धित अधिकारीहरुसँग छलफल गरिरहेको सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका हुन । 

सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीले भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् । अहिले एकपटकमा ११ रुपैयाँ ३० पैसा काट्ने गरिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्