नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

आइतबार, भदौ ३०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

इन्जिनियरहरुको संस्थाको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।

२५ सदस्यीय एसोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन् ।

एसोसिएसनको मतदान शुक्रबार भएको थियो भने आइतबार बिहान मात्र मत गणना सकिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्