अस्पतालको शौचालयबाट कैदी फरार

आइतबार, भदौ ३०, २०८१

झापा। जबर्जस्ती करणी मुद्दामा जेल बसिरहेका एक कैदी आज फरार भएका छन् । झापा कारागारमा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह आज बिहान  भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट फरार भएका छन्  ।

प्रहरीका अनुसार उक्त अस्पतालमा उपचाररत साह आज बिहान पौने ४ बजे शौचालय गएको मौका छोपेर शौचालयबाटै फरार भएका हुन् ।

भद्रपुर नगरपालिका-५ घर भएका साहलाई छातीम समस्या भएपछि यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

फरार भएका साहको चौतर्फी खोजीकार्य जारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्