दोस्रो कार्यकालका लागि अर्जुन गिरी अकोराबको अध्यक्षमा पुन: निर्वाचित

आइतबार, भदौ ३०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । दोस्रो पटक अर्जुन गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुरमा जारी आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । गिरी लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् ।

त्यस्तै ८ औं अधिवेशनबाट  वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव बन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदचार समितिमा टीकाजंग थापा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि कोशी प्रदेशको अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेशको अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जानकारी दिएको छ।

निर्वाचन कमिटीका अनुसार निर्विरोध निर्वाचित हुन नसकेका महिला उपाध्यक्ष पदमा मिना गुरुङ र खेमकुमारी पोखरेल, आदिवासी उपाध्यक्ष पदमा मिलन गाहा र पुष्पा चौधरी र कोषाध्यक्षमा तुला अधिकारी रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै, केही प्रदेश समितिका संयोजक, सदस्य र समितिका सदस्यमा केही निर्विरोध निर्वाचित भएका छन् बाँकीको आइतबार दिउँसो १ बजेबाट सुरु हुने निर्वाचनबाट हारजितको फैसला हुनेछ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्