सेतीमा डुबेर एक बालक बेपत्ता

शुक्रबार, साउन १२, २०८०
Neuro hospital Nepalgunj

दिपायल । सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार  गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ । 

बेपत्ता सुशान्तको खोजीका  लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्