दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं  । आज बिहान बागलुङमा भएको सरकारी गाडी दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक महिला पुथा उत्तरगंंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा हुन् ।

गाडी दुर्घटना भएको स्थानमा उपाध्यक्ष बुढाको परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ। ३३ वर्षीया मृतक उपाध्यक्ष बुढाको पुथा उत्तरगंंगा-१२ घर स्थायीवासी थिइन् ।

अन्य दुई जना मृतकहरुको पहिचान खुल्न नसकेको बागलुङ प्रहरीले जानकारी दिएको छ।

बागलुङको गलकोट नगरपालिका-२ भुङखानीमा रा१झ २०० नम्बरको  उक्त गाडी आज बिहान ९ बजे  दुर्घटना भएको थियो।

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्