दोसल्ला ओढाएर प्रधानमन्त्री ओलीले दिए देउवालाई जन्मदिनको शुभकामना

बिहीबार, भदौ २७, २०८१

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको बधाई दिँदै शुभकामना दिएका हुन् । दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले लेखेका छन्, ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक  विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’ 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्