संवैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न प्रचण्डको सुझाव

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ । नेकपा एमाले र नेपाली कांग्रेससँँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिएका छन् ।

आह प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डले शुक्रबार बस्ने संवैधानिक निकायको बैठकबाट सम्भव भएसम्म सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा  सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

शीर्ष नेताहरुको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्