अवैध क्लिनिक सञ्चालन गर्ने चार जना पक्राउ

शुक्रबार, साउन १२, २०८०
Neuro hospital Nepalgunj

कैलाली । अवैध रूपमा मेडिकल क्लिनिक सञ्चालन गर्ने चार जना पक्राउ परेका छन् ।

अवैध क्लिनिक सञ्चालकको खोजी गर्ने क्रममा  सुदूर  पश्चिम् प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी-२ र ३ बाट चार जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ।

कैलाली प्रहरी प्रवक्ता कुलदिप चन्दका अनुसार पक्राउ पर्नेमा धनगढी-३ मा एभरेष्ट मेडिकल सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसी सञ्चालक २५ वर्षीय नवीन धामी रहेका छन् ।

त्यस्तै  धनगढी-३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र- २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ पनि पक्राउ परेको प्रवक्ता चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुले कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएकाले  नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्