सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेका तिन जना पत्रकारहरु सम्मानित भएका छन् । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो।
बरिष्ट पत्रकार सिराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।
मुस्लिम समूदायलाई संचार माध्यबाट सहयोग गरेको र मोहर्रम पर्वमा बिशेष योगदान पु्र्याएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका महासचिव मोहम्मद हारुन हल्वाईको भनाई थियो ।
इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको बताए ।
संरक्षण समितिका अध्यक्ष हल्वाईले भने इराकको राजधानी कर्रवलालाई सम्झीदै ८ औँ दिनमा बाँकेका ३ जना पत्रकार र एक जना सुरक्षाकर्मीलाई सम्मान गरिएको बताए । उनले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबै संग आग्रह गरेका थिए ।
सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारी, वडा नं. ५ का वडा अध्यक्ष सराफत खान, पूर्व वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, मौलाना मन्सुर आरफी लगायतको सहभागिता रहेको थियो ।