४ लाख ५० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा वडाध्यक्ष र सचिवसहित ३ जना पक्राउ

मंगलबार, भदौ २५, २०८१

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र सचिवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ।

अख्तियार टंगाल र बर्दिबासको संंयुक्त टोलीले  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का  वडाअध्यक्ष उपेन्द्र्र सहनी, वडा सचिव उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डललाई ४ लाख ५० हजार नगदसहित पक्राउ गरेको हो।

अख्तियारको टोलीले अध्यक्षसहित तीनै जनालाई  कार्यालय परिसरबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अख्तियारका अनुसार वडाध्याक्षसहित उनीहरुले घरबाटो प्रमाणित गर्न ४ लाख ५० हजार घुस मागेर लिदै गरेको अवस्थामा पक्राउ गरेको हो।

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्