'ममाथि लगाइएको सहकारी ठगीको आरोपको निष्पक्ष छानबिन होस्' : कांग्रेस सांसद गुरुङ

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ ।  सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले  माग गरेका छन् । 

आजको प्रतिनिधि सभाको  बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपको छानबिन गर्न गृह मन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे । 

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उपसभापति गुरुङले छानबिनमा सघाउने बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्