२ सय ४५ किलो गाँजा बरामद

मंगलबार, भदौ २५, २०८१

सुनसरी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट करिब साढे २ क्विन्टल गाँजा बरामद गरेको छ। गए राति सुनसरीस्थित सशस्त्र प्रहरीले बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सप्तकोशी नदि हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युव सशस्त्र प्रहरीक सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा र ट्युबलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्