नेपालगन्ज न्युरो अस्पतालमा मृगौला उपचारसँगै डायलाइसिस सेवा सुचारु

सोमबार, भदौ २४, २०८१

नेपालगन्ज।  नेपालगन्ज न्यूरो अस्पतालमा  मिर्गौलाको उपचारसँगै डायलाइसिस सेवा सुरु भएको छ । 

मिर्गौला रोगका विरामीलाई छिटो छरितो र सहज सेवा दिने उद्देश्यले न्यूरो एण्ड जनरल हस्पिटलमा मिर्गौला रोग उपचार सेवा पनि सुरु गरिएको अस्पतालले जनाएको छ ।

नेफ्रोलोजिस्ट डा. सौरभ सिंह हमालका अनुसार न्यूरो एण्ड जनरल हस्पिटलमा अव दैनिक रुपमा डायलाइसिस सेवा प्रवाह हुने छन् । उनले भने-‘मिर्गौलाको चेकजाँच, परामर्श तथा डायलाइसिस सँगै किड्नी वायस्पी सेवा समेत प्रारम्भ भएको छ ।’

अस्पताल संचालक समेत रहेका न्यूरो सर्जन डा.जोशन न्यौपानेका अनुसार सम्पूर्ण रोगहरुको उपचार एउटै थलोबाट दिने उद्देश्यले अस्पतालले क्रमशः विशेषज्ञ सेवालाई विस्तार गर्दै लगेको छ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्