सुर्खेतका लागि उडेको श्री एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

सोमबार, भदौ २४, २०८१

काठमाडौं । आज बिहान काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज  केही मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

आज बिहान ७ बजे उडेको श्री एयरको उक्त जहाजले जमिन छोडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएर अवतरण गराइएको हो । 

श्री एयरका अनुसार जहाजको व्हिल लकमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा फर्काइएको हो।

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्