घर फर्किने क्रममा मलेसियाको एयरपोर्टमा लडेका तुलसीपुरका रुपलालको मृत्यु

सोमबार, भदौ २४, २०८१

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका – ११ बेलगनारका युवा रुपलाल चौधरी (लालु) को मलेसियाको एयरपोर्टमा मृत्यु भएको छ ।

चार वर्षअघि मलेसिया गएका चौधरी आइतबार साँझ नेपाल फर्कने क्रममा कुवालालम्पुर एअरपोर्टमा लडेका थिए । लडेकै ठाउँमा मृत्यु भएको मलेसियामै रहेका उनका भाइ लोकमणि चौधरीले घर परिवार र आफन्तलाई सूचना दिएका छन् ।

बैदेशिक रोजगारीको सिलसिलामा चार बर्ष पहिले मलेसिया पुगेका उनका दुई छोरा रहेको गाउँकै भतिज नाता पर्ने घनश्याम चौधरीले जानकारी दिए ।

बोर्डिङ पास लिएर प्रतिक्षालयमा प्रतिक्षारत रुपलाल लडेपछि कहिलै नउठ्ने गरि अस्ताएका थिए ।

त्यहाँको अस्पतालले रुपलालको हृदयघातका कारण मृत्यु भएको जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्