स्कुलबाट फर्किँदै गरेका प्रनिस हराए, खोजी गरिदिन हजुरआमाको पुकार

बिहीबार, साउन ११, २०८०

काठमाडौं । काठमाडौं बाँसबारीस्थित त्रिमूर्ति एकेडेमीमा सात कक्षामा पढ्ने एक १३ वर्षीय बालक हराएका छन् ।

बुधबार स्कुल बसबाट साढे ३ बजे गल्फुटारसम्म आएपनि १३ वर्षीय बालक प्रनिस श्रेष्ठ घर नफर्किएको उनकी हजुरआमाले बताइन् ।

"घरबाट राम्रो मनका साथ स्कुल गएको नाति प्रनिस सधैं सोही समयमा घर फर्किन्थ्यो तर हिजो घर नआएर बेपत्ता भयो"  हजुरआमाले भनिन्-"स्कुलमा सम्पर्क गरेर बुझ्दा साथीहरुसँग झगडा भएको भन्ने सुनेँ, तर स्कुल बसमै गल्फुटार आएर नाती बेपत्ता हुँदा केही बोल्न नसक्ने अवस्थामा छु ।"

उनले प्रहरीमा निवेदन समेत दिएको बताइन् । प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ । "हामीले तस्बिर पनि सबैतिर दिएका छौँ, मेरो नातिलाई कतै देखे वा भेटेमा ९८०६०८८८१७ र ९८५१२४८४९१४२  मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरीलाई खबर गरिदिन सबैमा विनम्र अनुरोध गर्दछु," हजुरआमाले भनिन्  ।

बेपत्ता भएका बालक स्कुुल पोशाकमै रहेको हुँदा देख्नुहुने वा फेला पार्नुहुने महानुभावले तत्काल माथि उल्लेखित नम्बर अथवा प्रहरीलाई खबर गरिदिन मिनेटखबर डटकम पनि आग्रह गर्दछ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्