३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका कांग्रेस सांसद केसी जेल चलान

आइतबार, भदौ २३, २०८१

दाङ । ३३ वर्ष पुरानो मुद्दामा लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैँ अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिबानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिइन् । 

सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्