बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, अर्का एक जना घाइते

शनिबार, भदौ २२, २०८१

नेपालगन्ज । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

कोहलपुरको कौशिल्या अस्पताल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बरका १० का ३९ वर्षीय भुपेन्द्र सुनारको उपचारका क्रममा मृत्यु भएको हो । सुनारको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पाताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार सुर्खेतको लेकबेसी वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी बल नेपाल ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक ४२ वर्षीय लालबहादुर सुनार घाइते भएका छन् । उनको उपचार चलिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्