माछा मार्दै गर्दा बाढीमा बेपत्ता भएका सुनिल अझै भेटिएनन्

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

दाङ । साउन ९ गतेदेखि बाढीमा बेपत्ता भएका सुनिल पुन अझै फेला परेका छैनन् । 

घोराही-७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही-१० का २८ वर्षीय पुन मगरलाई साउन ९ गते अपराह्न साढे ४ बजेतिर जंगुवा खोलामा आएको बाढीले बगाएको थियो ।

उनी बगेको सूचना पाए लगतै प्रहरी र स्थानीयले खोजी गर्न सुरु गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत स्थानीयले खोजी गर्दासमेत बेत्तपा युवकलाई तीन दिनसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार जानकारी दिए ।

घोराहीबाट दंगीशरणको सीमानासम्म खोजी गर्दापनि बाढीले बगाएका युवक फेला पार्न नसकिएको उनले बताए । उनको खोजी कार्य जारी रहने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्