कनिष्ठलाई मुख्यसचिव बनाएपछि असन्तुष्ट सचिव भट्टराईले पनि दिए राजीनामा

शनिबार, भदौ १५, २०८१

काठमाडौं । सरकारले कनिष्ठलाई मुख्यसचिव बनाएपछि असन्तुष्ट जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।

उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । 

सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् ।

यसअघि पहिलो वरीयतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्