बाँकेको गनापुर नजिक बस दुर्घटना,दुई जनाको मृत्यु,२७ घाइते

बिहीबार, भदौ १३, २०८१

नेपालगन्ज । बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । मृतकको परिचय खुलेको छैन । 

दाङबाट नेपालगन्ज आइरहेको भे १ ख २१२८ नम्बरको बस रत्न राजमार्ग अन्तर्गत कोहलपुर-नेपालगन्ज सडक खण्डस्थित नमस्ते रेष्टुरेन्ट अगाडि गनापुरमा दुर्घटनामा परेको हो । मोटरसाइकललाई जोगाउने क्रममा तीब्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । 

घाइतेहरुको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्