भारतका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध

बुधबार, भदौ १२, २०८१

नेपालगन्ज । आईसीसीको अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एक मात्र उम्मेदवार थिए ।

३५ वर्षीय जय शाह आइसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेको बीबीसी हिन्दीले दाबी गरेको छ । आइसीसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ ।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्