प्रहरीले जलाएर नष्ट गर्यो करिव ९ हजार हतियार

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको हजारौं थान हतियार जलाएर नष्ट गरेको छ।

प्रहरीले विभिन्न स्थानबाट जफत एवं बरामद भएका ८ हजार ८९६ थान हातहतियारहरूलाई काठमाडौं-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीद्वारा नष्ट गरिएकामा ६२६ वटा थ्रीनटथ्री राइफल,अ  ६ हजार ७४ थान भरुवा बन्दुक, १७७ थान बाह्र बोर, १ हजार ७६ थान पेस्तोल, २३२  म्याग्नम र २९ वटा एयर गन नष्ट गरेको हो। 

त्यस्तै, २२९ सर्ट गन, , ३३४ वटा रिभल्भर, १० वटा ग्यास गन, २५ वटा हर्नेट र नाम नखुलेको ८४ थान हतियार नष्ट गरिएको हो।

हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम  हातहतियारहरू नष्ट गर्दा प्रहरी प्रधान कार्यालय कार्यविभागका एआइजी मिरा चौधरीसहित गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका-११ का वडाध्यक्ष समेत उपस्थित थिए।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्