यी हुन् नेकपा एसका निर्वाचित पदाधिकारी, रामकुमारी झाँक्री पराजित

बुधबार, भदौ १२, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ ।  जसअनुसार उपाध्यक्षमा डा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका छन् । 

उपाध्यक्षमा निर्वचित जोशी बाहेक तीनै जना अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्तीदेवी राई विजयी भएकी छिन् भने रामकुमारी झाँक्री पराजित भएकी छन् । नेपाल पक्षले आफू निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।

त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । 

चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै सचिवको प्राप्त मत परिणाम अनुसार सचिव पदमा शेरबहादुर कुँवर (१५३), सोमप्रसाद पाण्डे (१४१),  श्रीनाथ बराल (१०७), सावित्रीकुमारी भुसाल (१०६) र चन्द्रबहादुर शाही (९१) विजयी भएका छन् । एकीकृत समाजवादीको पाँच सविचका लागि २६ जना उम्मेदवार रहेका थिए ।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्