राजेन्द्र पाण्डे नेकपा एसको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित

मंगलबार, भदौ ११, २०८१

काठमाडौं । राजेन्द्र पाण्डे नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । 

उम्मेदवारी फिर्ताको समय दिउँसो साढे १ बजेसम्म थपिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्