एनआरएनए मिडिया समिति गठन

मंगलबार, भदौ ११, २०८१

बेल्जियम । गैरआवासीय नेपाली संघ केन्द्रीय कार्य समितिको परिमार्जित नियमावली अनुसार सूचना, सञ्चार तथा प्रकाशन समिति गठन गरिएको छ । 

संघका महासचिव तथा संगठन विभाग प्रमुख गौरीराज जोशीको मातहतमा रहेको ३० सदस्सीय उक्त समितिको सभापतिमा संघका प्रवक्ता फणिन्द्र पन्तलाई चयन गरिएको छ भने सदस्यहरुमा बिभिन्न देशका २५ जनालाई सदस्य र पाँच जनालाई विषय विशेषज्ञ सल्लाहकारमा छनौट गरिएको छ । 

जस्मा बालगोपाल उपाध्याय (अस्ट्रेलिया) बिष्णु घिमिरे (साउदी अरेविया) विपिन निरौला (बेलायत), सनत आचार्य (बेल्जियम), मोहन घले (जापान), शिशिर सिम्खडा (क्यानडा), चिरञ्जीविराज देवकोटा (अस्ट्रेलिया), डोल्मा लामा (अमेरिका), दीपजंग शाह (कतार), इश्वर राई (मलेशीया), अब्दुल करिम (युएई), श्याम लुईटेल (बेलायत), गोविन्द बानिया (कोरिया), राजकुमार थापा (पोर्चुगल), सुरेश कोइराला (अमेरिका), बाबा राजेश्वरी थापा (अस्ट्रीया), चिरन शर्मा (बेलायत), बेदराम कँडेल (नेदरल्याण्ड), शान्ता पहाडी (जापान), सिएम भट्टराई (अमेरिका), बिजय थापा (अमेरिका), रुविना शर्मा (बेल्जियम), दिल निशानी मगर (बेल्जियम) र शिव लामिछाने (अमेरिका) रहेका छन् । 

सल्लाहकारहरुमा किरण मरहठ्ठा (अमेरिका), अखण्ड भण्डारी (नेपाल), मातृका पौडेल (नेपाल), हेमन्त काफ्ले (अस्ट्रेलिया) र राम रावल (नेपाल) रहेका छन् । 

समितिले गैरआवासीय नेपालीलाई सत्य–तथ्य सूचनाले सशक्त बनाउने र संघका सम्पूर्ण गतिविधिहरुको प्रचार प्रसार र प्रवर्धन गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको  सभापति पन्तले बताएका छन । 

सभापति पन्तले नवगठित समितिले संघको उद्देश्य प्राप्तिमा ठोस योगदान दिने र संघ भित्र आईपर्ने चुनौतीहरूको सामना गर्दै संघलाई थप सशक्त बनाउन सबैको सहयोग महत्वपूर्ण हुने बताएका छन । 

सभापति पन्तले समितिको आगामी बैठक निकट भविष्यमा आयोजना गरिने र उक्त बैठकमा समितिको कार्ययोजना निर्माण गरी सोहि अनुसार कार्यान्वयनमा ल्याइने जानकारी दिए ।  

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्