राष्ट्रिय सभा एक हप्ताका लागि स्थगित

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एक साताका लागि राष्ट्रिय सभा बैठक  स्थगित गरिएको छ ।

आज दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ ।

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधि सभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो। राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो । 

उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराए । 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्