१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने ६ जना पक्राउ

आइतबार, भदौ ९, २०८१

काठमाडौं । १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ। झापास्थित एक होटलका मालिक र कामदारहरुले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको हो । घटनामा संलग्न एक जना फरार रहेको केसीले बताए ।

जिल्ला प्रहरी प्रमुख केसीका अनुसार यो घटना शुक्रबार रातिको हो । अर्जुनधाराको हाट र होटलमा पुर्‍याएर बालिकामाथि बलात्कार भएको हो । सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई, अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र  सुजन डाँगी पक्राउ परेका हुन् । समूहका एक जना फरार छन् ।

पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्