सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती कोशी प्रदेश र मधेस प्रदेशको एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
भोलि सोमबार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
११ गते मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।