बाँके कांग्रेस सभापति गौडेलले गरे कांग्रेस राप्तीसोनारी-३ को कार्यालय उद्घाटन

शनिबार, भदौ ८, २०८१

नेपालगञ्ज । नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ को कार्यालय आज उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । वडा कार्यालय उद्घाटन एवम् बृक्षारोपण कार्यक्रम वडा नम्बर ३ का सभापति शंकर महतराको अध्यक्षता एवम् पार्टी सभापति गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गौडेलले रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले संगठन विस्तार र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिए। सबै तह र तप्काले आआफ्नो ठाउँबाट पार्टीलाई माया गरे संगठन कमजोर नहुने बताए । उनले पार्टीले क्रियाशील सदस्यता परिचयपत्र पनि बाँड्न थालेको जानकारी गराउँदै यसपछि वडा तहबाट बास्तविक तथ्यांक आउने र आगामी दिनमा रणनीति तय गर्न सहज हुने बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि लाहुराम थारु, कांग्रेस बाँकेका प्रबक्ता डिल्ली गिरी, जिल्ला सदस्य बुद्धि थारु, प्रदेश १ ९क० का सभापति अमर बहादुर बुढाथोकी, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु लगायतको उपस्थिति थियो । वडा उपसभापति बुद्धि थारुले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव केशन थारुले गरेका थिए ।

यस्तै जनजागृति आधारभूत बिद्यालय नवलपुरको प्रङ्गणमा करीब ३०० विरुवा रोपिएको छ । धुपी, कपुर, अशोक जातका विरुवा रोपिएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्