मन्त्री बादशाह याक्सनमा, एकै जिल्लामा जरो गाँडेर बसेका कर्मचारीको धमाधम गरे सरुवा

शनिबार, भदौ ८, २०८१

दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । 

लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौंसम्मका कर्मचारीको सरुवा गरेका हुन् । वन तथा वातावरण मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हालसम्मकै ऐतिहासिक निर्णय हो । 

दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर, त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौ ७ गतेसम्म कर्मचारी सरुवा गर्नुपर्ने नीति बनाएको छ । त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गरेका हुन् । मन्त्रालयले सार्बजानिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवा भएको छ।

लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुर्मीले नीतिगतरुपमै निर्णय गरिएको बताए । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्