मर्स्याङ्दी बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री काठमाडौमा

शनिबार, भदौ ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । मर्स्याङ्दीमा भएको भारतीय बस दुर्घटनाका घाइतेहरुलाई भेट्न् र मृतकका शव लिएर जान भारत सरकारले एक जना मन्त्रीलाई काठमाडौं पठाएको छ।

शुक्रबार दिउँसो तनहुँमा भएको बस दुर्घटनामा २७ जना मृतक र १६ घाइतेलाई लैजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारका खेलकुद राज्यमन्त्री रक्षा खडसेलाई काठमाडौं पठाएका हुन् । 

केहीबेर अघि त्रिभुवन विमानस्थल अवतरण गरेकी मन्त्री रक्षा घाइतेहरुको अवस्था बुझ्न विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज गएकी हुन् ।

सम्भवत सबै मृतकको शव र घाइतेहरुलाई आजै भारत पठाइने बताइएको छ।

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्