सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोषी प्रमाणित गर्न सक्ने रास्वपाका पूूर्व महामन्त्री डा. मुकुल ढकालले दाबी गरेका छन् ।
उनले समाजिक सञ्जालमा आज एक स्टाटस राख्दै रवि लामिछानेलाई सम्बोधन गरेर ठग, भ्रष्टाचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्ने बताएका हुन् ।
उनले आफूलाई कारबाहीको दुस्साहस गर्दै रहेको भन्दै चेतावनीसहित लामिछानेलाई सक्ने भए आफूलाई गलत प्रमाणित गर्न चुनौती दिएका छन्। डा. ढकालले रविको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नएको भन्दै यसलाई पार्टी हितकै रुपमा लिएको उल्लेख गरेका छन् ।
ढकालले राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने भन्दै रवि जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् ।
ढकाललाई यसअघि पार्टीले महामन्त्री र पार्टी प्रवक्ताबाट बर्खास्त गरेको छ भने साधारण सदस्यबाटसमेत हटाउने तयारी गरेको पाइएको छ ।
यसो लेखेका छन् डा.ढकालले रविबारे–
‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’