भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, १४ जनाको मृत्यु

शुक्रबार, भदौ ७, २०८१
Neuro hospital Nepalgunj

तनहुँ । तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बरको बस दुर्घटना हुँदा  १४ जनाको मृत्यु भएको छ भने १६ जनाको उद्धार गरिएको छ । भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस केही समय अघि तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो ।

सशस्त्र प्रहरी बलका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको छ। सशस्त्र प्रहरीले  १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी दिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

बसमा ४० जना यात्रु रहेको दुर्घटनाअघि प्रहरीले  जानकारी दिएको छ। मृतक र घाइतेहरुको विस्तृत विवरण आउँन बाँकि ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्