दाङ क्याम्पसमा बम पड्काएर भाग्दै गरेका दुई जना पक्राउ

बिहीबार, भदौ ६, २०८१

घोराही । दाङको घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पसमा सुतली बम बिष्फोट गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा आएर सुतली वम पड्काएर भागेको र उनीहरुलाई भाग्नेक्रममा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्लसटु सकेका घोराही उपमहानगरपालिका – १५ भरतपुरका अभियान थापा र सुभम कार्की हुन् ।

पक्राउ परेका दुवै जनाले रमाइलोका लागि वम पड्काएको स्विकार गरेको प्रहरी समक्ष वयान गरेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दाङल्र जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्