सुन लुट्ने गिरोहका तीन जना पक्राउ

बुधबार, भदौ ५, २०८१

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले सुन लूटपाटमा संंलग्न गिरोहलाई पक्राउ गरेको छ। 

गत साउन २१ गते बिहान काठमाडौंको जडिबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि कमल विनायक जाने क्रममा रामेछाप सुनपानी गाउँपालिका-९ की ५० वर्षीया कमला गौतमको लोकन्थली बस स्टपमा एक तोला सुन लुटेेर फरार भएको गिरोहका तीन जनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

गौतमको एक तोलाको सुन सिक्री लुटेर फरार रहेकाहरुको खोजीकार्य गर्ने क्रममा अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई भदौ २ गते मध्यपुर थिमी-३ कौशल्टारबाट पक्राउ गरेको हो।

एसपी आचार्यका अनुसार पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका- ९ का खनक भन्ने ३८ वर्षीय अनिल कुमार तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएर हाल ललितपुरको ग्वार्को बस्ने ३४ वर्षीय  गणेश लामा र काभ्रे जिल्लाकै बेथानचोक गाउँपालिका-६ का ३१ वर्षीय रोहित भनिने सुरेश तामाङ रहेका छन् ।

अपराध अनुसन्धान कार्यालयक्प टोलए पक्राउ परेका तीनै जनालाई आबश्यक  अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत ठिमी बुझाएको एसपी आचार्यले बताए।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्