बस दुर्घटना हुँदा २८ तीर्थयात्रीको मृत्यु

बुधबार, भदौ ५, २०८१

काठमाडौँ । तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। घटना हो इराकको।  इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

“मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट चेकप्वाइन्ट अगाडि पल्टिएपछि आगलागी भएको सरकारी टेलिभिजनले जनाएको छ ।

“बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताएका छन्। 

“घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य ७ जनाको अवस्था गम्भीर छ भन १० जनाको अवस्था सामान्य छ ।” मालेक–जादेहले भने -"मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।"

गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उहाँका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृति कार्यक्रममा सहभागी भएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्