तुलसीपुरको दमारगाउँमा इनार सफा गर्दा दुई जनाको मृत्यु

बुधबार, भदौ ५, २०८१
Neuro hospital Nepalgunj

तुलसीपुर । दाङ तुलसीपुरस्थित दमारगाउँमा इनार सफा गर्न भनेर पसेका दुई जनाको निसास्सियर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ बर्षीय मुकेश बिक र ३८ बर्षीय रामबहादुर नेपाली रहेका छन् ।

उनीहरु दुबै जनाको इनार भित्रै निसास्सियर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  सफा गर्न भनेर इनारमा फसेका दुबै जन बिहान १० बजेतिर इनारमा पसेका थिए । तर, उनीहरु भित्रै अचेत भएको देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए ।

खबरपछि प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना प्रहरी घटनास्थल पुगेका थिए । त्यसपछि तुलसीपुरबाट इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

उनीहरुबाट मात्रै उद्धार संभव नभएपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पवाट रमेश पराजुलीको कमाण्डमा तीन जनाको टोली खटिएको थियो ।

इनार भित्रै फसेका दुई जनाको उद्धार पछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पु¥याउनासाथ दुबै जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।दुबै शबहरु पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । घटनास्थल तुलसीपुर बजारदेखि करिब १३  किमि दक्षिणमा रहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्